अनुराधा कोइरालालाई भारतले पद्म श्री सम्मान प्रदान गर्ने

माघ १२ काठमाडौ,चेलीबेटी बेचबिखन रोकथामका लागि सक्रिय माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्म श्री सम्मान प्रदान गर्ने भएको छ ।

पद्म श्री सम्मान भारत सरकारले दिने दोस्रो ठूलो सम्मान हो । सम्मान आगामी मार्च महिनामा दिइनेछ । उहाँले स्थापना गरेको माइती नेपाल संस्थाले २२ वर्षदेखि चेलीबेटी बेचबिखन र ओसारपसार नियन्त्रणका लागि सक्रिय रुपमा काम गर्दै आएको छ ।

राजनीति,संगीत,समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने पद्म श्री सम्मान चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणमा लामो समयदेखि क्रियाशील कोइरालालाई पनि प्रदान गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *