अध्यक्ष ओलीः सुवास नेम्वाङ सफल राजनीतिज्ञ थिए

२९ भदौ, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय सभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ सफल राजनीतिज्ञ भएको बताएका छन् ।

बिहीबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा बोल्दै उहाँले स्वर्गीय नेम्वाङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल राजनीतिज्ञका रुपमा परिचित रहेको बताउनुभयो । नेपालको इतिहासमा अन्य सभामुखको तुलनामा नेम्वाङ अतुलनीय रहेको उनले बताए । ओलीले नेम्बाङले दलीय स्वार्थविना संसद चलाएर संसदको गरिमा बढाएको बताए । उनले संविधान र कानुनको उलंघन हुन नहुनेमा नेम्वाङको विश्वास रहेको बताए । “इतिहास हेर्ने हो भने उहाँसँग [नेम्बाङ] कोही तुलना गर्दैनन्। उहाँ निर्वाचित भएपछि पार्टीको स्वार्थमा उठ्नुपर्छ, संसदको गरिमा बढाउनुपर्छ, संवैधानिक कानुन र इमान्दारीतापूर्वक काम गर्नुपर्छ भन्ने उहाँको विश्वास थियो।” ओलीले भने, “कानूनमा बाँधिनुपर्छ, कानुन मिच्नु हुँदैन भन्ने उहाँको विश्वास थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उहाँ सफल राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्थ्यो।” अध्यक्ष ओलीले नेम्वाङ साम्प्रदायिक द्वेषको विरुद्धमा रहेको बताए । ओलीले नेम्बाङलाई विविधतापूर्ण नेपाली समाजबारे राम्ररी थाहा भएको बताए । उनले नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । ओलीले स्वर्गीय नेम्वाङ सधैं न्यायको पक्षमा रहेको स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *