अधिकारीमाथिको प्रतिबन्ध रेडियो प्रसारकहरुले फिर्ता लिए

१७ साउन , काठमाडौं : रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले मंगलबार संस्थाहरुले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनालाई प्रतिबन्ध लगाउने निर्णयलाई फिर्ता लिएको र स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाएकाले निर्णय फिर्ता लिइएको कुरा सामाजिक सञ्जालमार्फत जनाइएका छन् ।

आवश्यक कानुनको निर्माण गरी स्रष्टाको अधिकारको सम्मान गर्न तथा एफएम रेडियोको नवीकरणमा भइरहेको अवरोध तत्काल हटाउन पनि यी तीन संस्थाले संगीत रोयल्टी तथा वितरण प्रणालीमा सरकारसँग माग गरेका छन् ।

संगीतकार सुरेश अधिकारीले गत साता फेसबुकमार्फत क्षमायाचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *