अदालतले स्वतन्त्र सांसद यादवलाई पुर्पक्षका लागि थुनामा राख्न दियो आदेश

२० भदौ काठमाडौँ : सप्तरी जिल्ला अदालतले मधेसका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

हत्याको आरोपमा उनलाई सोमबार राजविराज नगरपालिका–७ बाट पक्राउ गरिएको हो । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले मंगलबार उनलाई प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको हो ।

अदालतले आदेश दिएलगत्तै सांसद यादवलाई हिरासतमा लिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *