भैरहवा ११ चैत्र, पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टि नेपालका संयोजक बाबुराम भट्टराई भरहवा पुगेर नेताहरु मन्चमा बस्ने परम्परालाई तोडेका छन् ।तराईको प्रचण्ड गर्मीमा डा.बाबुराम भट्टराई जनताहरु संगै खुल्ला चौरमा बसेका थिए ।
पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार मन्च बनाइएको थियो । मञ्चमा अन्य कार्यक्रममा जस्तो अतिथि बस्ने सोफा राखिएको थिएन । डा. भट्टराईसहितका नयाँ शक्ति नेपालका नेताहरु हिसीला यमी, दानबहादुर चौधरी, बामदेव क्षेत्री लगायतका शीर्ष नेताहरु चौरमा पलेटी मारेर जनताहरु संगै बसेका थिए ।
हरेक जसो कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतका अतिथी र सामन्य नागरिकको दर्जा दिएर कार्यक्रममा सहभागीहरुबीच गरिने विभेदलाई हटाउन सहभागी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टिले नयाँ थालनी गरेको हो । कार्यक्रममा सर्वसाधरणहरुको बाक्लो उपस्थिीतिरहेको थियो ।
photo-dainiknepal