अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मा पोखरेल र सुनार 

२२ साउन , काठमाडौं : गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ ।

प्रजिअ बन्नेमा शरद कुमार पोखरेल अछाममा र जाजरकोटमा सुरेश सुनार रहेका छन् ।
यसअघि अछाममा शिवराम न्यौपाने प्रजिअ थिए भने अहिले पोखरेल रहेको छ । पोखरेल पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङमा र सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।

त्गस्तैगरी जाजरकोटमा यसअघि प्रजिअ रहेक सहसचिव रामकुमार महतो रहेका थिए भने महतोको सरुवा भएपछि उनको ठाउँमा सुनारलाई पठाइएको हो ।

सुनारले यसअघि डोल्पा र बझाङमा प्रजिअ तथा मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *