अख्तियारले जोख्यो पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरी

काठमाडौँ । पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीको तौल लिइएको छ । सुनको जलहरी राख्दा अनियमितता भए नभएको टुंगो लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीको तौल लिएको हो ।

आइतबार साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोखेको थियो । आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *