अक्षय कुमारको ‘वेलकम ३’ ६५ देखि ७० प्रतिशत छायांकन जंगलमा गरिने

३२ साउन , काठमाडौं : फिरोज नाडियाडवाला निर्माता भएको फिल्म ‘वेलकम ३’ सन् २०२४ को क्रिसमसमा रिलिज हुने भएको छ । बलिउड अभिनेता अक्षय कुमार शीर्ष भूमिकामा रहेको यस फिल्ममा नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी रहेका छन् ।

निर्माता नाडियाडवालाका अनुसार ‘जोली एलएलबी ३’ र ‘हाउसफुल ५’ को छायांकन पूरा गरिसकेपछि अक्षयले आगामी वर्षको सुरुवातबाट ‘वेलकम ३’ को सुटिङ सुरु गर्नेछ । भने फिल्मको ६५ देखि ७० प्रतिशत छायांकन जंगलमा गरिने छ । फिल्मको छायांकन गरिने नाडियाडवालाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *