कविता “खेस्रा”

~~~खेस्रा~~~~   

सुनगाभा टिपेर
रातो गुलावको रङ्ग बटुली
लाली गुराँस लेखुँ-लेखुँ लाग्छ
अक्षराम्भमा ताते गर्दै गर्दा
अक्षराम्भमा शैशव वाक्य
मुखरच्युत भईरहँदा
हिमालहरूको रङ्ग बटुली
तल बगरहरू पोतुँ-पोतुँ लाग्छ
याहाँ रगतको कुनै पर्याय हुदैन
सबै माहुरीहरूको कुटहरू
सङ्ग्रहित गरेर
किंशुकका निव चोबलेर
सबै सम्वेदनाहरू जोडुँ-जोडुँ लाग्छ
म याहाँ
कुत्साले सिँगारिएको हुन सक्छु
मलाई कुफत पिलाईएको हुन सक्छ
ए जुनकिरी
मलाई यता देखाउ
लोभलाग्दो तिम्रो
धीमा,शीतल चमकहरू
आज
काला, निष्मण्ड अँध्याराहरूमा
संलाप उठाउँनु छ
चुक घोप्टेर बाँचिरहेको
ति गोलरूपी भुईँहरूमा
आकाशगङ्गा बिछ्याउँनु छ
जरूर
म यसै काफर हुन सक्छु
म यसै जुम्सो,शुषिर हुन सक्छु
तर
जलाजु पनि त हुन सक्तिन म
कुकुना आफू हातमा लिई
शव, सबलाई मुटु
बाडुँ-बाडुँ लाग्छ
मलाई रेचन दिईयोस्
तिम्रो विजल्पले
उकुसमुकुस मेरा पेटहरू
तिम्रै निम्ति घातक हुन नसकोस्?
याहाँ दुराचार, दुष्टात्माहरू
छोलुँ-छोलुँ लाग्छ
कालो- कालो आँखाहरू
कालो- कालो हृदयहरू
म भित्रै गुजुल्टिरहेको होस्
जहाँ मलाई मर्यादा सिकाईयोस्
तिम्रो तान्त्रिक नर्तन हेर्दै
आफ्नो चित्र कोरू- कोरू लाग्छ।
हरेक पाना पत्ताहरू
मेरै आकारहरूमा भरू-भरू लाग्छ।।

                       उदय रानोहोँछा
~~~~~~~~~~~~खोटाङ~~~~~~~~~~~~

उदय रानोहोँछाको शब्द र संगीतमा मेलिना राईको स्वर

One thought on “कविता “खेस्रा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *