रोल्पा २० असार – आफ्ना कार्यकर्ता पक्राउ गरिएको र अझै रिहा नगरेको जनाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ ।
सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताए।
रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर आइतबार राति १० बजे रिहा गरिए पनि केही दिनअघि अर्का कार्यकर्ता वीरबहादुर ओलीलाई गिरफ्तार गरी हालसम्म पनि रिहा नगरेको पार्टी रोल्पाले जनाएको छ । गिरफ्तारगरिएका आफ्ना कार्यकर्ता रिहा नभएसम्म यातायात बन्द जारी रहने सो पार्टीले बताएको छ । रासस