फागुन २१ काठमाडौ,नेकपा एमालेले तराई केन्द्रित मेची-महाकाली अभियान शुभारम्भको पूर्व सन्ध्यामा तराईका २१ जना नेताहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ ।
शुक्रबार राति झापा स्थित विर्तामोडमा सम्पन्न स्थाई समिती बैठकले २१ नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको एमाले सचिव तथा प्रचार विभागले जानकारी दिएको छ । जसमध्ये केन्द्रीय कमिटीमा १२ जना पूर्ण सदस्य र ९ जना बैकल्पिक सदस्य मनोनित भएका छन् ।
मनोनित केन्द्रीय सदस्यहरु
१. रघुविर महासेठ (धनुषा)
२. धर्मनाथ साह (सिराहा)
३. रामचन्द्र यादव (सिराहा)
४. गंगा यादव (सिराहा)
५.धर्मनाथ यादव (सिराहा)
६. रामचन्द्र शाह तेली (पर्सा)
७. रामदयाल मण्डल (महोत्तरी)
८. रत्नेश्वर गोहित (धनुषा)
९. रवीन्द्र बैठा (सर्लाही)
१०. लालबाबु यादव (रौतहट)
११. यदुबंश झा (धनुषा)
१२. हरिनारायण महतो (धनुषा)
बैकल्पिक सदस्यहरु
१. नारदमुनी राना (कैलाली)
२. जुली महतो (धनुषा)
३. मञ्जु चौधरी (उदयपुर)
४. शान्ता चौधरी (दाङ)
५. हरि राजवंशी (झापा)
६. सुधिर शाह (धनुषा)
७. सरोज यादव (महोत्तरी)
८. सरला यादव (रौतहट)
९. महमत हारुन (बाँके)
प्रचार विभाग प्रमुखले जारी गरेको विज्ञप्ती