पौष १८ काठमाडौ, सामाजिक सञ्जालमा दिल निशानी मगर नामको ट्विटर आईडी बाट सामाजिक सञ्जालको दुरुपयोग भएको छ । टोपी दिवसको अवसरमा दिल निशानी मगरको ट्विटर आईडी बाट डाँकाहरुले प्रहरीको बर्दी लगाएर गाउँ लुटे जस्तै भ्रष्टाचारीहरुले ढाका टोपी लगाएर देश लुटेका हून् । हिजो त केहि बेश्याहरूले पनि लगाएछन् । भन्ने स्टाटस ट्वीट गरिएको देखिएको छ ।
दिल निशानी मगरले उक्त ट्वीट आफ्नो नरहेको जनाउँदै मैले लेख्दै नलेखेको र कल्पना सम्म नगरेको मेरो नाम राखी डिजिटल प्रबिधि मार्फत इडिट गरेर भाइरल गराइएको छ भनेर ट्विट गरेका छन् । उक्त ट्वीटको कमेंटमा धेरै जनाले मगरलाई गाली गरेका छन् । यो कुनै फेक आईडी बाट ट्विट भएको हो या मगर आफैले गरेको हो ? यो भने अझै स्पस्ट हुन सकेको छैन ।
दिलनिशानी मगरको नाम बाट ट्वीट भएको यो ट्वीट
दिलनिशानी मगरले आफ्नो भनेर राखेको अर्को ट्वीट
दिलनिशानी मगरले खण्डन गरेर गरेको ट्वीट