१८ भदौ, काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
संसदीय सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मौखिक रुपमा सोधिने प्रश्नको जवाफ दिइनेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐन, २०८० लाई परिमार्जन गर्न बनेको विधेयक पनि निर्णयका लागि प्रस्तुत गर्नेछन् ।