११ भदौ, काठमाडौँ – आइतबार बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा न्यायपरिषदले विनोद शर्मा पौडेललाई सिफारिस गरेको छ ।
न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीका अनुसार पौडेलको नाम संसदिय सुनुवाइ समितिमा पठाइनेछ ।
पौडेलको सिफारिस हुनुअघि उनी उच्च अदालत जनकपुरमा कामू मुख्य न्यायाधीश थिए ।