काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रुपमा चयन भएका छन्।
जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो। गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित यादव यहि वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसद यात्रा तय गरेका हुन् ।
मंसिर ४ मा बारा क्षेत्र नं २ बाट निर्वाचत जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको थियो । प्रतिनिधि सभामा हाल जसपाका १२ जना सांसद छन्।