लुइस एनरिके पीएसजीको नयाँ प्रशिक्षक

काठमाडौं ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

फ्रान्सेली क्लबले स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

एनरिकेले पीएसजीका क्रिस्टोफ गाल्टियरलाई प्रतिस्थापन गर्नेछन् ।

उनले पीएसजीसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । उनले सन् २०२२ को विश्वकपमा अन्तिम १६ को खेलमा मोनाकोसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि प्रशिक्षकको भुमिकाबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *