ललितपुर, २६ कात्तिक – सूचना विभाग र ललितपुर पत्रकार महासंघको आयोजनामा सञ्चालित सेवाकालीन पत्रकारिता तालिम सम्पन्न भएको छ ।
तिन दिनसम्म चलेको उक्त प्रशिक्षणमा विभिन्न सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई वरिष्ठ पत्रकार तथा प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक डा. सुरेश आचार्य, वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल, वरिष्ठ पत्रकार तथा गोरखा पत्र दैनिकका पुर्व सम्पादक पुस्कर माथेमा, वरिष्ठ पत्रकार शिव गाउँले लगायतले प्रशिक्षण दिएका थिए ।
प्रशिकहरुले कसरी समाचार लेख्ने ? समाचार सम्पादन कसरी गर्ने ? पत्रकारहरुको आचार संहिता के-के हुन् ? भन्ने बारेमा प्रशिक्षण दीएको थियो । कार्यक्रम समापन समारोहमा सेवाकालीन तालिममा सहभागीहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको थियो
पत्रकार महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रममा सूचना विभागको महा निर्देशक वीरबहादुर राई लगायत अन्यको उपस्थिति रहेको थियो ।