रामहरि खतिवडाले प्रकाश दाहालको फोटोमा माला लगाएर श्रदान्जली व्याक्त गरे

शान्तिराज राई/ ओखलढुंगा ४ मङ्सिर – जहिल्यै नेपाली राजनीतिको चर्चाको शिखरमा रहने रामहरि खतिवडा फेरि ओखलढुंगामा चर्चामा आएका छन् । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दहालको असामायिक निधन संगै धेरै नेता कार्यकर्ताहरु शोकमा डुबिरहेको बेला प्रकाश दाहालको फोटोमा पहिलो पटक माल्यार्पण गरेर चर्चामा आएका हुन् ।

यहि मङ्सिर १० गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट प्रत्यक्ष तर्फबाट उम्मेदवार बनेका खड्काले प्रकाश दाहालको फोटोमा माला चढाएर समवेदना प्रकट गरेका छन् । उनले भने “देशले एउटा होनहार युवा गुमाएको छ” । उनी एउटा यस्तो व्याक्तिव थिए, जो कसैलाई सानो ठुलो भनेर भेदभाव गर्दैन थिए । कति पटक त स-साना फुच्चे भाईहरु संगै बसेर खाना खाएका थिए । उनको बुवाको कार्यकालमा प्रकाश आफू संग धेरै नजिक रहेको र बारम्बार तपाईं जस्तो युवाको खाचो छ भनेको कुराहरु स्मरण गर्दै भने अस्ति मात्रै उम्मेदवारहरु माथि आक्रमणको घटनाहरु बढ्न थाले पछि फोन गर्दै भने ।

दाइ ओखलढुंगामा केही घटनाहरु घटेको छ छैन ? मैले भने सबै थोक राम्रै छ पार्टी अध्यक्ष संग कुरा गर्न मिल्छ ? उहाले बुवालाई फोन दिदै प्रचण्डले भने हामी वाम गठबन्धनको भएनी तपाईं जस्तो युवाले चुनाव जित्नु पर्छ भन्नू भयो । प्रकाश संगको अन्तिम बात नि त्यही भएको र उनकै कारण अध्यक्ष प्रचण्ड संग नजिकको सम्बन्ध बनेको समेत खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *