अभिमनु कुमार पटेल / रौतहट २५ कार्तिक ।
रौतहट क्षेत्र नं २ राजपुर नगरपालिका वडा नं २ फतुवा महेशपुर टोलमा आज चुनावी प्रचारप्रसार र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । रौतहट क्षेत्र नम्बर २ मा त्रिपक्षिय चुनावी प्रतिस्पर्दा रहेपनी नेपाली काँग्रेसका उम्मेदवार मो. अफताब आलम अग्रस्थानमा रहेका छन ।
नेपाली कांग्रेस पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार मो. अफताब आलमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जोगाउन र विकास निर्माणलाई गति दिई मुलुकलाई समृद्ध बनाउन कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् ।
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जादा सबै पार्टीका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारको क्रममा घरदैलो अभियान शुरु गरेका हुन । रौतहटको क्षेत्र नम्बर २ मा क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्दा रहेपनी नेपाली काग्रेसका आलम अहिले पहिलो स्थानमा रहेका छन ।
नेपाली कांग्रेस राजपुर नगरपालिका वडा नं २ ले फतुवा महेशपुरमा आयोजित कार्यक्रममा आलमले संघीय लोकतान्त्रिक गणतन्त्रको नारा जपे पनि कम्युनिष्टहरुको नियत खोटो देखिएको बताए ।
‘कम्युनिष्टहरु गणतन्त्रको खोक्रो नारा लगाएर एकदलीय शासन जन्माएर जनताका अधिकार खोस्न खोजिरहेका छन र हामी जनतालाई सबै अधिकारले पूर्ण सार्वभौमसत्ता सम्पन्न बनाउन खोजिरहेका छौ,’ नेता आलमले भने, ‘यो संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नभएसम्म कम्युनिष्टहरुको विश्वास गर्न नसकिने अवस्था छ, ७ दशकभन्दा बढी समयको संघर्षले पाएका जनताका अधिकार उनीहरु खोस्न अग्रसर भैरहेका छन् ।
उनले २०४६ सालमा लोकतन्त्रको पुनरोदय भएपछि कम्युनिष्टहरुको कारणले मुलुकमा अस्थिरता र अशान्ति फैलिएर विकासमा बाधा आएपनि संविधानसभाबाट संविधान जारी भैसकेकोले अब विकासले गति लिने दाबी गरे । उनले जलस्रोत, पर्यटन, कृषि, जनशक्तिको विकासबाट रौतहट क्षेत्र नं २ को कायापलट गर्न सकिने पनि विश्वास पनि व्यक्त गरे ।
लोकतन्त्रका हिमायती र विकासका पक्षधर रौतशटबासीले जनताको अधिकार खोस्न उद्दत र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरी विकासलाई अवरोध गर्ने कम्युनिष्टहरुलाई पराजित गर्न आफ्नो अमूल्य मत प्रकट गर्ने विश्वास पनि व्यक्त गरे ।
‘रौतहट लोकतन्त्रमा विश्वास र विकासमा अभिरुचि भएका विवेकशील र कर्मठ बासिन्दाको भूमि हो,’ नेता आलमले भने, ‘तपाई हाम्रो अमूल्य मत रौतहटबासी सहित देशका हजारौ सपूतहरुको बलिदानले पाएको अधिकार खोस्नेहरुका लागि लाईसेन्स बन्न दिनैछैनौ ।’
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापति फैजुल्लाहको सभापतित्वमा कार्यक्रम भएको छ ।
सो कार्यक्रममा जिल्ला कार्य समितिका बरिष्ठ नेता मो. महताब आलमले कम्युनिष्टको षड्यन्त्र बेलैमा पर्दाफास भएकोले लोकतन्त्रको अपहरण गर्नेहरुलाई पराजित गर्न आग्रह गरे ।
उनले लोकतन्त्रमाथि संकट आउन लागेकोले पार्टीका सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर उभिने अवस्था आएको बताउदै कांग्रेस एकताबद्ध भए कुनै पनि शक्तिले हल्लाउन नसक्ने बताए ।
मंसिर २१ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदार रहेका मो. अफताब आलम, बाम गठबन्धनका मो. मुस्ताक आलम र राजपा र फोरम नेपाल गठबन्धनका किरण साह रहेपनी पहिलो स्थानमा काँग्रेसका आलम सब भन्दा अगाडी करिव ७ हजार भन्दा बढी मतले जित्ने क्षेत्र नम्बर २ का मतदाताहरु बताउ छन ।
प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागी नेपाली काग्रेस लगायत मधेशवादी दल र बाम गठबन्धन पार्टीका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तिब्र रुपले अगाडी बढाएका छन ।
पार्टी प्रवेश कार्यक्रममा राप्रपाका शिवजी चौरसिया, एमालको रुपा साह, माओवादीका नेक महम्द र लोकतान्त्रि फोरम मनोज चौरसिया लगायत सयौ नेता कार्यकर्ताहरुले पार्टी प्रतियाग गरि आज नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेको छ ।