माओवादी सचिव आचार्य अस्वस्थ, अछामबाट हेलिकप्टरबाट नेपालगन्ज ल्याइयो

१७ असाेज, काठमाडौं : नेकपा माओवादी केन्द्रका सचिव दिलाराम आचार्यको स्वास्थ्य बिग्रिएको छ । ३ महिने विशेष रुपान्तरण अभियानअन्तर्गतको समीक्षा बैठकमा सहभागी हुन अछाम पुगेका सुदूरपश्चिमका इन्चार्ज आचार्य अस्वस्थ भएका छन् ।

उनको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । आचार्यको आवाज एक्कासी बन्द भएको र शरीरको दाहिने भाग पक्षाघात भएको भट्टले बताए ।

आचार्यको अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *