चिसाङ्ग शेर्पा-असोज ३० खोटाङ, खोटाङको च्यास्मीटार ४ दाल्फुस्थित सिर्जनात्मक एकता युवा सेवा समाजले गाउँका सबैभन्दा ज्येष्ठ एबं एकल महिलालाई सम्मान गरेको छ ।
आईतबार दाल्फुमा आयोजना गरिएको वडास्तरिय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगीता उदघाटनको अवशरमा समाजले गाउँका सबैभन्दा ज्येष्ठ एबं एकल महिला ८७ वर्षीय बृद्धा धनमायाँ राईलाई सम्मान गरेको हो । बृद्धा राईलाई प्रमुख अतिथिकारुपमा खम्बुवान राष्ट्रिय मोर्चाका खोटाङ अध्यक्ष तुलसी तिलुङ खम्बूले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । ‘बृद्धबृद्धाको सम्मानको संस्कार’ बिकासकालागि ज्येष्ठ नागरिकलाई छानेर सम्मान गरिएको समाजका अध्यक्ष रसकुमार राईले बताउनुभयो ।
कार्यक्रमकै अवशरमा करिब ३८ वर्षअघि तराईबाट डोकोमा भलिबल ल्याएर गाबिसमा भलिबल खेलको सुरुवात गर्ने च्यास्मीटार–५ का भेषबहादुर अधिकारीलाई पनि दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको छ ।