धनगढी ४ चैत्र – कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गरेको छ । हस्तक्षेपमा १६ जना घाइते भएका छन् ।
धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।
जनआन्दोलन दिवसको अवसर पारेर उनीहरुले प्रदर्शन गरेका थिए । नेपालका धेरैजसो कम्युनिस्ट पार्टीले यसै दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएका छन् ।