सुचना खबर- आश्विन १ खोटाङ्ग, खोटाङमा यो बर्ष मात्रै, पाँच वटा झोलुङे पुल निर्माण गरि सञ्चालनमा ल्याइएको छ ।
ऐसेलुखर्क र राखा बाङ्देल जोड्ने नौवा पुछार जोड्ने झोलुङ्गे पुल, दिक्तेल बुइपा जोड्ने झोलुङे पुल, चिसापानी डम्बर्खु शिवालय जोड्ने काभ्रेखोला पुल, चिप्रीङ र छितापोखरी जोड्ने पुल र दोर्पा चिउरी डाँडाको लप्सेखोलामा जोडिएको पुल सञ्चालनमा ल्याइएको हो ।
जिल्लामा अहिले पनि तीन वटा पुल निर्माणधिन अवस्थामा छ । त्यस्लाई पनि निर्माण कार्य चाडै सकेर, सञ्चालनमा ल्याइने भएको छ ।
जिल्ला प्राविधिक कार्यालय खोटाङको आर्थिक एवम् प्राविधिक सहयोग तथा स्थानीयवासीको श्रमदानमा पुल निर्माण गरिएको उपभोक्ता समुहले जनाएको छ ।
पुल निर्माण सम्पन्न भए पछि सर्वसाधारणहरु लाभान्वित भएका छन् । खोटाङ जिल्लामा अहिले सम्म १६५ वटा झोलुङे पुल रहेको देखिन्छ ।