ईन्द्र जिजीबिषा-शान्तिराज राई / काठमाडौ १४ भदौ- नेपाल आइडलको टप सेभेन बाट बाहिरएकी प्रमिला राईले पहिलोपटक गीत रेकर्ड गराएकी छन् ।
“सोल्टिनी ज्यु नमान्नु अप्ठ्यारो” बोलको गीतमा प्रमिला राईलाई देवेस राईले स्वरमा साथ् दिएका छन् । राम रेप्चुङ्ग राईको शब्द रचनामा संगीत र एरेम्ज देवेस राईले नै गरेका छन् ।
ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा राजेश जिसि रेकर्डिष्टमा रहेका छन् । गीतको रेकर्ड सकिए सङ्गै अहिले यो गीतको म्युजिक भिडियोको छायांकनमा भईरहेको छ ।
यो गीतको म्युजिक भिडियोमा चर्चित हास्यकलाकार तथा मोडल विल्सन विक्रम राई र रेखा फागो लिम्बुले अभिनय गरिरहेका छन् ।
यो गीत सार्वजानिक गरे लगत्तै अर्को गीतको तयारीमा लाग्ने यो यो टिमले घोषणा गरेको छ ।