काठमाडौ, ७ माघ- पूर्व डिआइजी नवराज सिलवाललाई खोज्न ठूलो संख्यामा प्रहरी ललितपुरको भट्टेडाँडा परिचालित भएको छ। बढुवाका लागि कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोगमा छानविन गर्न खोजेदेखि नै फरार रहेका सिलवाल, ललितपुरको भट्टेडाँडामा रहेको जानकारी पाएपछि प्रहरी त्यहाँ पुगेको हो।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दका अनुसार आज भट्टेडाँडामा सर्च भइरहेको छ। प्रहरी प्रमुख चयनको चर्चित काण्डमा जोडिएका सिलवाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट सांसद निर्वाचित हुन्।