रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार

काठमाडौं – आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई काठमाडौंको वीर अस्पतालमा साङ्लोले बाँधेर उपचार भइरहेको तथ्य खुलेको छ। वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई गोडामा साङ्लो लगाएर उपचार गरिएको हो। लामो समयदेखि अनशनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि थप उपचारका लागि हालै वीर अस्पताल ल्याइएको थियो।

चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेर सांसदमा विजयी भएका थिए। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलगायत नेताहरु चौधरीको अवस्था बुझ्न अस्पताल पुग्दा उनलाई साङ्लोमा बाँधेर राखिएको खुलेको थियो।

साङ्लोमा बाँधेर राखिएको अवस्थामा चौधरीलाई देखेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आक्रोश पोखेका थिए। ‘हामी आउँदा त जञ्जिरमा बाँधेर राखिएको अवस्था छ भने हाम्रो परोक्षमा चौधरीको कस्तो व्यवहार भइरहेको छ ?’ भन्दै ठाकुले प्रधानमन्त्री ओलीलाई फोनमा आक्रोश पोखेका थिए। जनतापोष्टमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *