काठमाडौ- किराती मौलिक दर्शन मुन्दुमको बारेमा व्यापक र नियमितरूपले बौद्धिक छलफल गर्दै अध्ययन , अनुसन्धानका साथ दस्तावेजिकण गर्ने उद्देश्यले किरात राई सास्कृतिक कलाकार संघको नियमित शृङ्खला अन्तर्गत आयोजना भएको “मुन्दुमी सास्कृतिक बिमर्श” को पहिलो शृङ्खला सम्पन्न भएको छ । ललितपुरमा अवस्थित सुम्निमा कल्चर एकेडेमीको सुम्निमा हलमा मुन्दुम/सास्कृतिक अध्यता अनुसन्धाता, समाजका बौद्धिक बर्ग, सरोकारवाला संस्थाका जिम्मेवार ब्यक्तिहरू, शिक्षासेवीहरू, सामाजिक ब्यक्तित्वहरु, लेखक/पत्रकारहरू, श्रस्टा/सर्जक/सास्कृतिक कलाकर्मिहरू र मुन्दुमका जिज्ञासूहरूको बृहत् सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
रिसिया गीतबाट उद्घाटन गरि सुरू गरिएको कार्यक्रममा “मुन्दुम के हो ? मुन्दुम कति प्राचीन ?” शिर्षकमा मुन्दुम अध्यता/अनुसन्धाता/लेखक भोगिराज चाम्लिङ्द्वारा प्रस्तुत कार्यपत्रमा समाजशास्त्री डा डम्बर चेम्जोङ, राजनितिज्ञ/लेखक/समालोचक आहुती र मुन्दुम अध्यता/अनुसन्धाता/लेखक चतुरभक्त राइले टिप्पणी गरेका थिए । छलफलको क्रममा प्रस्तुत कार्यपत्रमा सस्कृतिबिज्ञ /बरिस्ठ गायक/संगीतकार /सुम्निमा कल्चर एकेडेमिका संस्थापक अध्यक्ष जीतेन राई , बरिस्ठ पत्रकार/लेखक गणेश वाम्बुले राई , भाषाशास्त्रीद्वय डा नेत्रमणी दुमि राई र डा तारामणी राई , सस्कृतिबिज्ञ डा खगेन्द्र राई , किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई , नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानका कार्यकारी सदस्य /सास्कृतिक अध्यता/अनुसन्धाता नारदमुनी हर्तुम्छाली, साम्पाङ राई जुम्लेखाका महासचिव हरि के साम्पाङ, यायोक्खाका केन्द्रीय सदश्य राम थुलुङ, मुन्दुममा बिध्यावारिधिका सोधार्थी अ. शान्तिदेबी राई , शिक्षासेवी/आइन्स्टाइन एकेडेमीका प्रमुख कबिराज राई , सास्कृतिक अध्यता बिराज राई लगायतले सुझाब र जिज्ञासा राखेका थिए ।
संघका अध्यक्ष जनक राईको अध्यक्षता, महासचिव राई नबिनको सन्चालन र उपाध्यक्ष राजु एन राईको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा अध्यक्ष जनक राइले कार्यक्रमको औचित्य र भावी योजना बारे प्रकाश पारेका थिए । छलफलमा सहभागिहरूले यस्ता कार्यक्रमले समाजमा मुन्दुमको बारेमा चेतना जाग्ने र दस्तावेजको काममा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै कार्यक्रम नियमित संचालन हुनु पर्ने धारणा राखेका थिए ।
उक्त कार्यक्रममा यायोक्खाका कावा अध्यक्ष दिवस राइले कार्यक्रमको नियमित संचालनको शुभकामना सहित मुन्दुमको अध्ययन अनुसन्धान र दस्तावेजको लागि सबैले भुमिका निर्वाह गर्दै जानू पर्ने र किरायाले आफ्नो ठाउँबाट कुनै न कुनै तरहबाट काम गरिरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा,बौद्धिक र अनुसन्धानको जिम्मेवारी सम्हालेर कार्यपत्र प्रस्तुत गर्नु हुने भोगिराज चाम्लिङ, टिप्पणीकारहरू डा चेम्जिङ, आहुती र चतुरभक्त राइज्यू, कार्यक्रममा सहभागी भएर सुझाब र जिज्ञासा राख्नुहुने सम्पुर्ण महानुभाबज्युहरू, कार्यक्रममा सहभागी रहनुहुने पत्रकार/श्रष्टा/कलाकार/लेखक/सास्कृतिक अध्यता अनुसन्धाता/ शिक्षा सेवी/ समाजसेवी लगायत सम्पुर्ण महानुभब्ज्यूहरू, संघका पुर्व अध्यक्ष द्वय जीतेन राई र पार्वती राई , उपाध्यक्ष सत्यकला राई , हल उपलब्ध गराउने सुम्निमा कल्चर एकेडेमी , सास्कृतिक सामग्री उपलब्ध गराउने सुम्निमा कलेक्सन, आ आफ्नो भुमिका निर्वाह गर्नुहुने संघका सम्पुर्ण पदाधिकारी सदस्यज्युहरु लगायत प्रत्यक्ष्य/अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा संघका तर्फबाट अध्यक्ष जनक राईले धन्यबाद तथा आभार ब्याक्त गरेका थिए ।