निद थिएन आँखामा, रातहरु ढल्दै थियो
चैइन थिएन मनमा, मुटुहरु जल्दै थियो
बसमा छैन मन खै किन हो आजभोली ?
एकतमासाले मनभरी, आँधीहुरी चल्दै थियो
जताहेर्यो चारै तिर, शुन्य-शुन्य लागी रहन्छ
भित्र-भित्रै कता-कता मनहरु पोल्दै थियो
२
तिमी संग कयौ पल्ट हारीसके मैले
तिम्रै निम्ति धेरै आँशु झारी सके मैले
भो अब नखेल म संग, जीत तिम्रै नै भो
आफ्नै मनलाई आफै भित्र मारी सके मैले
रोए कति निसासिदै,भित्र कतै एकान्तमा
अब देखि नरुने, प्रण गरिसके मैले
३
रुदा रुदै थाकीसके, मैले अब रुनु छैन
तिमी संग टाढिसकेँ अब तिम्रो हुनु छैन
के को लागि तिम्रो माया, जिउनु आखिर एक्लै रैछ
पत्थर जस्तै तिम्रो मन, अब मैले छुनु छैन
जिन्दगीमा कहिलेपनि, बुझ्न सकिन आफैलाई
टुक्रिएको मुटुलाई अब फेरि जोड्नु छैन
जति दिने दिईसकेउ, थाहा यहीँ मुटुलाई छ
हिसाब गर्दा अब मैले बाँकी केहि लिनु छैन
४
समयको रफ्तार संग, डुल्दा डुल्दै लडेको मान्छे म
शिशिरको पतझड संग फुल्दा फुल्दै झरेको मान्छे म
जितको त खोजि गर्दिन, हार नै स्वीकार्य छ मलाई
आफै संग कयौ पल्ट, आफै हारेको मान्छे म
रमाउन चाहनाछन् होला दुनियाँको भिडभाडामा
तर एक्लै, छुट्टै एकान्तमा रमाउने गरेको मान्छे म
देख्छु सबै हाँसीखुसी, संसारको त्यो रमझममा
विछिट्टै आफ्नै पिडाहरुले, मनहरु भरेको मान्छे म
हाँसीखुसी जिउने रहर हुन्छ भन्छन जो कोहीलाई
त्यो रहर नै, हराएर जिउदा जिउदै मरेको मान्छे म
५
म रमाउने हाँसो भित्र खुसि उनैको थ्यो
दिनरात साँझबिहान चासो उनैको थ्यो
कहिँकतै हिड्दै जादा बाटो बिराएँकी
अन्तिम लिने मेरो स्वासमा, पासो उनैको थ्यो
आफ्नो भन्ने के नै छ र, जाँदा रित्तै जानु पर्छ
शरीर ढलीगएँ पनि नासो उनैको थ्यो
६
पुर्ण बिराम लागि दियो, जीवन कहानी लेख्दा लेख्दै
बिहानीले झस्काई दियो मिठो सपनी देख्दा देख्दै
बिउझिएर सम्झे फेरि मिठा थिए सपनाहरु
अनायासै झर्यो आँशु परेलिले छेक्दा छेक्दै
शब्द त्येसै उचारण हुदैन भान्जी याहा।
यथार्थ के थियो मन मुटुको बेचैन त्याहा।।
ढुंगानी पग्लीन सक्छ मेरो
भान्जीको शाब्दिक सम्बोधनले।
तर पनी ऐया नहुने को हो त्यो तर हामी चाही घोत्लीन बाध्य हुन्छौ एकोहोरो।
शब्द त्येसै उचारण हुदैन भान्जी याहा।
यथार्थ के थियो मन मुटुको बेचैन त्याहा।।
ढुंगानी पग्लीन सक्छ मेरो
भान्जीको शाब्दिक सम्बोधनले।
तर पनी ऐया नहुने को हो त्यो तर हामी चाही घोत्लीन बाध्य हुन्छौ एकोहोरो।