बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाले आउँदो सोमबार राजापुरमा साँस्कृतिक प्रतिरोध दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
क्रान्तिकारी माओवादी बर्दियाको राजापुर नगर स्तरिय कमिटिको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
क्रान्तिकारी माओवादीले राजापुर बजारमा र्यालि सहित कोण सभा गरेर उक्त दिवस मनाउने तयारी गरेको बर्दियाका सेक्रेटरी लोकेशले जनाएका छन ।
फरक शैलिमा विभिन्न नाराहरू लेखिएका प्लेकार्ड सहित उक्त दिवस मनाउने तयारी भएको क्रान्तिकारी माओवादी बर्दियाले जनाएको छ ।
राजापुर नगरको आज सम्पन्न भेलाले खोपिराम खाम्चा मगरलाई सेक्रेटरीमा चयन गरेको छ । भेलाले डम्मर बहादुर थारू, लाल बहादुर थारू, विष्णुदत्त गौतम, भक्तराम काफ्ले, सोनिका मल्ल लगायत तीन जना सदस्य पछि थप्ने गरी ९ सदस्यीय कमिटि गठन गरेको छ।
उक्त भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके-बर्दिया ईन्चार्ज भुपेन्द्र न्यौपाने, बर्दिया सह-ईन्चार्ज खडक बहादुर मल्ल, पार्टी सेक्रेटरी लोकेश लगायतको उपस्थिती रहेको थियो ।