ईन्द्र जिजीबिषा-काठमाडौ २७ बैशाख, किरात राई समुदायको महान चाड उभौली पर्व आज धुमधाम संग मनाईएको छ । काठमाडौको नखिपोटमा किरात समुदायका मानिसहरु भेला भएर साकेला नाच्दै उभौली पर्व मनाएका हुन् ।
हरेक साल बैशाख पुर्णिमाकै दिन किरात राई समुदायको उभौली पर्व सुरुवात हुन्छ । किरात राई समुदायको उभौली र उधौली पर्व गरि बर्षमा दुई पटक मनाउने गरिन्छ ।
खेतबारीमा लगाईएको वालीनाली सप्रियोस भनेर भूमि पुजा गर्ने गरिन्छ । पृथ्वीमा भएका सबै प्राणिहरु गर्मि छल्न उभो तिर जाने हुनाले उभौली पर्व र जाडो छल्न तलतिर झर्ने हुनाले उधौली पर्व मनाउने गरिदै आएका छन् आउदो जेठ ६ गते काठमाडौको टुडिखेलमा साकेला नाच्ने किरात राई यायोख्खाले जनाएको छ । आउदो जेठ ६ गते काठमाडौको टुडिखेलमा साकेला नाच्ने किरात राई यायोख्खाले जनाएको छ ।
किरात राई समुदायको आज (२०७४ बैशाख २७ गते) नखिपोटमा भएको साकेला नाचको भिडियो
बैशाख २७ गते नै भएको साकेला नाचमा किरात राई सुनुवारहरु नखिपोटमा