काठमाडौ ७ मंसिर – सरकारले हालै तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवाको निर्णय गरेर निर्वाचन आयोगलाई पत्राचार गरेपछि आयोगले सहमति नदिने निर्णय गरेको छ । गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो ।
आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले काज सरुवा गरेका ६ कर्मचारीमध्ये तीनजना कर्मचारी प्रमुख जिल्ला अधिकारी (सीडीओ) छन् । निर्वाचन आचारसंहिता लागू भईसकेको हुनाले अहिले सरुवा गर्न नमिल्ने आयोगले बताएको छ ।