मुस्लिम समुदायको महान चाड इद आज

काठमाडौं १२ असार – एक महिनाको कठोर ब्रत सकिएपछि आफन्त परिवार साथीभाई सित खुशी साट्ने , रमाइलो गर्ने र मिठो मिठो खानेकुरा खाने पर्वका रुपमा मनाइने ईद पर्व स्लाम धर्मावलम्बीहरुले आज मनाउदैंछन् ।

इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना रमजानल मुबारकमा विश्वभरका इस्लाम धर्मावलम्बी १ महिनासम्म रोजा बस्छन् । आजका दिन मस्जिद वा इदगाहमा भेला भई नमाज पढ्ने चलन छ ।

इदको नमाजपछि आपसमा गला मिलाएर इद मुबारक इद मुबारक भन्दै शुभकामना आदान–प्रदान गर्ने गरिन्छ । ईदको दिन बिहानै नुहाइ–धुवाइ, सफा र नयाँ कपडा लगाएर हासी खुसि रमाइलो गर्दै इस्ट मित्र साथीभाई भेला भै आफ्नो घरमा भएको मिठो खानेकुरा सेबई, फलफूल, बिरयानी वा अन्य मीठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जाने चलन छ ।

नमाजपछि एक–अर्काका घरमा पाकेको मीठा परिकार एक अर्का मा आदान प्रदान गर्दै र शुभकामना ब्यक्त गर्ने चलन छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फितरको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व इदको शुभकामना दिएका छन् । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली लगायतका अन्य राजनीतिक दलका शिर्ष नेता हरुले पनि इद पर्वले सवैमा सद्भाव कायम गर्न सफल रहोस भनेर शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *