एमाले नेताको घरमा बम विस्फोट

धरान, असार १२- सुनसरीको धरान उपमहानगरपालिकाका एमालेका मेयरका उम्मेदवार तारा सुब्बाको घरमा बम विस्फोट भएको छ । सेतो लुगा लगाएर आएका अपरिचित व्यक्तिले सुब्बाको घरमा बम विस्फोट गराएर फरार भएको बताईएको छ ।

आइतबार बेलुका नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार सागर सुवेदीको घरमा पनि अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको थियो । बम राख्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *