काठमाण्डौं २२ जेठ-हास्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अहिले अर्को नमुना नेपालको बनाउने घोषणा गरेका छन् ।
२०७२ सालको महाभुकम्प पश्चात सामाजिक सेवामा लागेका कलाकार धुर्मुस सुन्तलीले चौथो महत्वाकांक्षी परियोजनाअन्तर्गत नमुना नेपालको अवधारणा सार्वजनिक गरेका हुन् । धुर्मुस सुन्तली फाउन्डेसनले योभन्दा अगाडी काभ्रे, सिन्धुपाल्चोक र महोत्तरीमा गरी तीनवटा एकिकृत नमूना बस्तीको निर्माण गरिसकेको छ ।
धुर्मुस सुन्तलीले बनाउन लागेको नमूना नेपालका तस्बिरहरु