सार्वजनिक बसभित्रै चौध बर्षे किशोरी बलात्कृत

काठमाडौ २५ चैत्र, ललितपुरको बालकुमारीमा डेरा बस्दै आएकी एक १४ वर्षे किशोरी सार्वजनिक बसभित्रै बलात्कृत भएकी छन् । चैत १८ गते घटेको घटनामा संलग्न भन्दै प्रहरीले सिन्धुपाल्चोक, सानो सिरुवारी–६ घर भई लगनखेल बस्दै आएका ३१ वर्षीय सागर नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक नै पुगेर उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चैत १८ गतेका दिन साँझ दाजुसँग झगडा गरेर ती किशोरी घरबाट निस्केकी थिइन् । ‘म तपाईंसँग डेरामा बस्दिनँ’ भन्दै बाहिर निस्किएकी उनी बालकुमारीको रिङरोडमा उभिरहेकी थिइन् । राति ८ बजेतिर सडकमा किशोरी उभिएपछि एक युवकले उनीसँग सोधपुछ गरेका थिए ।

आफू तराई रहेको घरमा जान लागेको बताएपछि ती युवकले ‘मेरो बस छ म पुर्याइदिन्छु’ भने । ललितपुर प्रहरी परिसरका डिएसपी ईश्वर कार्कीका अनुसार त्यो रात किशोरी तिनै युवकसँग गइन् । ‘युवकले होटलमा लगेर खाना खुवाए र आफू काम गर्ने बसभित्र लगेर बलात्कार गरे,’ कार्कीले भने । पार्किङ गरिराखेको बसभित्र मध्यरातमा युवती चिच्याएपछि स्थानीय आए । त्यतिन्जेलसम्म युवक भागिसकेका थिए । पक्राउ परेका नेपाली त्यही बसका सहचालक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *