नयाँ वर्षमा नेपाल टेलिकमको ग्राहकहरुलाई अफर

काठमाडौ ३० चैत्र,नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना उपभोक्तालाई बिभिन्न किसिमका सेवामा सहुलियत प्रदान गरेको छ । कम्पनीले नयाँ वर्षको प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक ल्याएको छ । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्तालाई एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सयको कार्ड प्रयोग गर्दा १० प्रतिशत एवं पाँच सय र हजारको कार्डको रिचार्जमा १५ प्रतिशत बोनस उपलब्ध गराउने भएको छ ।

यसको भ्यालिडिटि तीन दिनको हुने कम्पनीले जनाएको छ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुनेछ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत्र ३० देखि बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ ।
यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसा देखि २५ पैसा मात्र पर्नेछ कम्पनीले जनाएको छ । अल

टाइम डाटा प्याकेज सेवा लिनका लागि ‘डाटा’ टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न ‘नाईट’ टाइप गरी आफूलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *