भूकम्प पीडितका लागि खरिद गरिएको करोडौँ रुपैयाँ मूल्य बराबरको जस्तापाता सडेर खेर जाने अवस्थामा

पर्सा २७ चैत्र, भूकम्प पीडितका लागि भारतबाट नेपाल सरकारले आयात गरेको करोडौँ रुपैयाँ मूल्य बराबरको जस्तापाता सडेर खेर जान लागेको छ । उक्त जस्तापाता नेपाल सरकारको आदेशमा साल्ट्र ट्रेडिङ्ग कर्पोरेशनले भारतबाट आयात

गरेको रु २६ करोड मूल्यको जस्तापाता वीरगन्जको नेपाल खाद्य संस्थानको खुल्ला चौरमा अलपत्र फालिएको छ । भूकम्पपीडितलाई वितरण गर्नका लागि साल्ट्र ट्रेडिङले २०७२  साउनमा भारतबाट  ५० हजार बन्डलमा रहेको ३० लाख २० हजार ६६२ केजी जस्तापाता आयात गरेको थियो।

आपूर्ति मन्त्रालयको आपूर्ति तथा व्यापार विभागबाट कुनै निर्देशन नआएकाले भूकम्प प्रभावित जिल्लामा जस्तापाता पठाउन नसकिएको साल्ट्र ट्रेडिङ्ग  कर्पोरेसन वीरगन्जले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *