असोज १३ काठमाडौ, माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको महाधिवेशन विहीबारदेखि सुरु हुँदैछ ।
प्रेस सेन्टर नेपालको महाधिवेशन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्नेछन् ।
महाधिवेशनको बन्दसत्र भने कार्की पार्टी प्यालेस बबरमहलमा हुने छ । महाधिवेशनका प्रतिनिधि र पर्यवेक्षकलाई ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ, भने महाधिवेशनमा करिब ६ सय प्रतिनिधि रहने जनाइएको छ ।
महाधिवेशनले ९५ सदस्यीय कार्यसमिति चयन गर्ने भए पनि मुख्य चासोको विषय अध्यक्ष पदमा को आउला भन्ने रहेको छ ।
अध्यक्ष पदका आकांक्षीहरु, ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया, गोविन्द रोका ‘सचिन’रहेका छन् । सर्बसम्मतिको प्रयास भइरहे पनि बिहिवार बिहान सम्म कसैले पनि आफ्नो दावी छाडेका छैनन् ।
सहमति जुट्ने सम्भावना कम भएकाले मतदानको तयारीसमेत गरिएको छ । निर्वाचन नै गर्ने स्थिति आएमा बलराम थापा र विष्णु सापकोटाबीच प्रतिस्पर्धा हुने बताइन्छ ।