पाँचथर सेवा समाज कोरियाको अधिवेशन हुने

दक्षिण कोरिया – पाँचथर सेवा समाज दक्षिण कोरियाले आउदो सलनालमा पारी फेब्रुअरी १६ तारिक कोरियाको राजधानी सियोलमा बृहत अधिबेशन भेला गर्ने भएको छ । उक्त कार्यक्रम सभ्य र भब्य बनाउनको निमित्त कोरियामा रहेका सबै नेपाली संघ सस्थाहरुलाई आम निमन्त्रणा गर्ने भएको छ ।

रोजगारीको लागि प्रमुख प्राथमिकतामा परेको मुलुक कोरिया हो । कोरियामा पाँचथर जिल्ला बाट जाने युवा युवतीको जनसंख्या बहुल्य देखिन्छ । युवाहरू त्यहाँको विभिन्न औद्योगिक र कृषिमा काम गरिरहेका छन साथ साथै काम गर्ने सिलसिलामा विभिन्न समस्याहरु मानसिक शारीरिक औद्योगिक ठुला साना दुर्घटनाहरु पनि दिनानुदिन बढि रहेको छ । नेपालीहरुको हक हित र आपत विपत पर्दा हातेमालो गर्न पाँचथर सेवा समाजको स्थापन भएको पाँचथर सेवा समाज दक्षिण कोरियाको पुरानो अभिभावक संस्थापक संरक्षक मणि चन्द्र चेम्जोङ बताउँछन् । स्थापना काल देखी निरन्तर संस्थाको उन्नति र प्रगतिको लागि आफ्नो अमुल्य समय खर्च र योगदान यसैमा बिताएका बताउँछन् उनी ।

यसरी अचानक मजदुरलाई विभिन्न दुर्घटना र दुख कष्ट परिआएको खण्डमा पाँचथरे बासीहरुको मात्र नभएर नेपाल भरिका श्रमिकहरुलाइ पाँचथर सेवा सामाज दक्षिण कोरियाले सर सहयोग गरिरहेको छ। यसरी विभिन्न काल्खन्डम कोरियामा मत्र नभई आफ्नो मातृभिमा नेपालमा पनि सामाजिक काम हरु गर्दै आईरहेको छ प्राकृति प्रकोप बाडी पाहिरो भुकम्प आगलागी जस्ता बिधङ्सकारी घटनाहरुमा पनि प्रत्यक्ष सहभागी भएर आर्थिक सामाजिक सहयोग गरिरहको छ।यसरी समग्र बिकाशको लागि स्थापना भएको पाँचथर सेवा समाज सधैं मज्दुर श्रमिकहरुको हक हितको लागि तयार लडिरहेको छ।

निवर्तमान अध्यक्ष बास्कोटा आफ्नो कोरियाको बसाई कार्यअवधी सकि आफ्नो जन्मभुमि नेपाल फर्किसकेकाले वर्तमान कर्यबाहक अध्यक्ष जितेन्द्र चेम्जोङले संस्था चुस्त दुरुस्त हांकिरहेका छन् । त्यसैले पहिलो अधिबेशनबाट चुनिएको समितिको समय अवधी पनि समाप्त हुन लागेकारण अब नयाँ अधिबेशन बाट प्रतिनिधि पारित गर्नु पर्ने भएकोले पाँचथर जिल्लाको सबै क्षेत्र लिङ्ग र बर्गलाई समेट्ने गरि संस्थाले व्यापक अधिबेशनको तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *