काठमाडौं २४ असोज- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर नगर्न सरकारलाई सुझाएको छ । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको स्थायी कमिटी बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति हेरफेर नगर्न सरकारलाई सचेत गराएको हो ।
निर्वाचनको मिति हेरफेर गर्ने काम संविधान, कानुन र निर्वाचन आचारसंहिताले पनि नदिने हुनाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको बताईएको छ ।आगामी मंसिर १० र २१ गते दुवै तहको निर्वाचन सम्पन्न नभए मुलुक अनिश्चयको भूमरीमा फस्ने एमालेको ठहर छ ।
बैठकमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन समिति बनाउने र माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग भएको सहमति अनुसार निर्वाचन क्षेत्र बाँडफाँड गरी चुनावी घोषणा पत्र निर्माणको कामलाई छिट्टै टुंग्याउने निर्णय पनि गरेको छ ।