क्रिकेटमा अब रातो कार्ड , जसले गराउने छ खेलाडीलाई मैदान बाहिर

काठमाडौं , १० असार- अब क्रिकेटरले पनि फुटबल खेलाडीले जस्तै  मैदानमा गम्भीर गल्ती गरेमा एम्पायरले सिदै रातो कार्ड देखाएर  मैदान बाहिर पठाउन सक्ने भएका छन् । क्रिकेटको मुख्य बोर्ड आईसीसीको मुख्य कार्यकारी कमिटीका एक सदस्य अनिल कुम्बले कमिटीको सिफारिस अनुसार क्रिकेट खेलको  निययमा दुई ठूलो परिर्वतन ल्याउने निर्णय गरेको हो । यो नियम यही १ अक्टोबर २०१७ बाट लागू हुनेभएको छ ।

यो नियम अनुसार अब क्रिकेट खेलाडीले खेलका क्रममा मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको अम्पायरले भेटेमा खेलाडीलाई  सिदै रातो कार्ड देखाएर मैदान बाहिर पठाउन सक्नेछ ।खेलका क्रममा मैदानमा खेलाडीले तीन गम्भीर गल्ती गरेमा ती खेलाडीले रातो कार्ड पाउन सक्छन् । अम्पायर , अफिसियल , अन्य खेलाडी , दर्शकमाथि  हिंसाजन्य र खेलाडी मैदान प्रवेश गरिसकेपछि नियम भन्दा फरक क्रियाकलाप गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *