कतार २५ चैत्र,कतारको सनैया स्थित ग्रीन रेष्टुरेण्टको सभाहलमा पत्रकार सम्मेलन गरी “सिमानामा काँडेतार अभियान ” घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै नायक/निर्मता-नवल खड्काले भने “प्रत्येक नेपालीले जन्मदै २० हजार ऋण लिएर जन्मेको हुन्छ उक्त ऋणबाट मुक्त हुन नागरिकले चाहदा कुनै पनि कानुनी व्यवस्था राज्यले गर्न सकेको छैन । सिमानामा काँडेतार लगाउन निकै कानुनि जटिलता रहेकाे भएता पनि यसका निम्ति सरकारले याे समस्यालाई प्रमुख प्राथमिकतामा राख्नु पर्छ र सरकारले सिमानामा काँडेतार बार लगाए हामी जनताहरु सिमानामा काँडेतार बार लगाउन आफ्नो गाँस काटेर दिन सक्छौं ।
सरकारले जनताका नाममा आर्थिक र श्रमदानका लागी आव्हान गरेको खण्डमा त्यसको लागी जनता तत्पर रहेको कुरामा नायक खड्काले जोड दिए । त्यो पनि गर्न सक्दैन सरकारले भने कानुनी अड्चनहरुमा सहजीकरण गरिदेओस काँडेतार लगाउन चाहिने आर्थिक र श्रमदान जुटाउन बिश्व भरि रहेका अभियन्ताहरु सक्षम रहेको ठोकुवा गरे । सरकारले कानुनी बाटो नखुलाइ यो वा त्याे बहानामा जनताको अभियानलाई रोक्न खोजे देशको सुरक्षाका लागी जनता विद्रोहमा उत्रने र त्यसको जिम्मेवार सरकार हुनुपर्ने भन्दै चेतावनी दिए । जल,जमिन,जंगलको सुरक्षा काँडेबारले गर्नेछ र हामीले थप सांस्कृतिक अतिक्रमणलई पनि रोक्नुपर्ने गम्भिर चुनौती रहेको कुरा बताए ।
उनले मन्तव्यकै क्रममा, गर्दा सम्वभ छ भन्दै यसमा संलग्न हुने सवै अभियन्ता हुन र विशेष गरेर सिमानामा बसोबास गर्ने नेपालीहरुलाई यस अभियानमा सामेल गराउनु पर्ने तथा सिमाना सुरक्षाका लागि समूहहरु गठन गर्न जरुरी रहेको बताए ।
उनले विगतको स्मरण गर्दै दशगजा, भिमदत्त चलचित्र बनाउँदा आफुले भोगेका पिडाहरु सबै माझ सुनाए र यो हामी सबैको साझा अभियान रहेको स्पष्ट पारे । यो अभियान कतारबाट शुरु भएता पनि देश विदेशमा छरिएर रहेका संपूर्ण नेपालीहरुले पनि विश्वव्यापी रुपमा आवाज बुलन्द पार्नु पर्ने र यो अभियानमा साथ र सहयोगको लागि आव्हान गरे ।
कार्यक्रममा गैह्र आवसीय नेपाली संघ टास्क फोर्सका संयोजक धर्म केसी, नेपाली जनप्रगतीशिल मंच कतारका सल्लाहकार होम नाथ शर्मा,नेपाली जनप्रगतीशिल मोर्चाका श्रीकृष्ण भट्टराई, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाली महिला समाज कतारकी अध्यक्ष सुस्मीता भुसाल, नवोदित वाचनलय कतार तथा अनेसास कतार च्याप्टरका तिर्थ संगम राई, जिल्ला संस्था समन्वय समितीका संयोजक तथा गोर्खा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, साथै बुद्धीजिवी तथा समाजका अगुवा बुधवल गुरुङ, इश्वर काफ्ले, धिरज राई ,डि एन मगर लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय संयोजक राजु डुम्रे, नेपालका लागि संयोजक नवल खड्का र मध्यपूर्व संयोज तथा प्रवक्ता सुशील कुंवर रहेको तदर्थ समिती पनि गठन गरिएको छ ।