एक क्वीन्टल सुन तस्करी प्रकरणमा ठमेलस्थित होटल भियना बाट एक जना पक्राउ

१४ साउन, काठमाडौं : राजश्व अनुसन्धान विभागको टोलीले एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभाग टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेको र केही कागजात र सामग्रीहरु बरामद गरेको र अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि एक जना बेल्जिनिमका नागरिकलाई पक्राउ गरेर सोधपुछ भइरहेको छ ।

विभागका अधिकारीहरुका अनुसार, ब्रेक शुभित्र लुकाएर सुन नेपालमा ल्याइएको थियो । सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दोलखाका दिलीप भुजेललाई पनि विभागले पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

तर, अनुसन्धानका क्रममा तस्कर समूहले दिलीप भुजेललाई २० हजार रुपैयाँ दिएर ‘फर्जी’ सञ्चालकको रुपमा खडा गरेको खुलेको छ । यसपछि यो प्रकरणमा एक जना चिनियाँ नागरिकसहित भारतीय मुलका तिब्बतीन नागरिक समेत पक्राउ परेका छन् ।

हालसम्म यस एक क्वीन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *