सुन तस्करी प्रकरणः सुन तस्करीका लागि ७ कम्पनी दर्ता

२७ भदौ, काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को अनुसन्धानले नेपालबाट सुन तस्करी गर्न ७ कम्पनी दर्ता भएको खुलासा भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले नेपालबाट सुन तस्करीका लागि उपरोक्त ७ कम्पनीले हङकङलाई आफ्नो अड्डा बनाएको जानकारी दिए । उनले ती ७ कम्पनीले इमान्दार व्यक्तिलाई प्रयोग गरी उनीहरुलाई सुन तस्करीमा ठगी गरेको समेत बताए ।

थापाले दिएको जानकारी अनुसार दर्ता भएका सात कम्पनीमा चुंगाक इलेक्ट्रिक सप्लायर्स, भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, पवती इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स, रेडी ट्रेड र सरिता सप्लायर्स रहेका छन् । यी कम्पनीका मालिकहरु क्रमशः लेखनाथ कार्की डोली, रामकुमार भुजेल, कुमार बहादुर भुजेल, रामबहादुर भुजेल, विकुन्द्र भुजेल, दिलीप भुजेल र सरिता तामाङ रहेका छन् । तस्करी गरिएको सुन टोखा र लाजिम्पाटमा पग्लिएको पनि सिआइबीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *