साहित्यकार कमलमणि दीक्षितको निधन

पौष १४ काठमाडौ,श्वासप्रश्वासको समस्याबाट पीड़ित साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । बिहान दुई बजेर ४५ मिनेटमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो । उनको आजै बिहान ७ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

१९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उनका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।

मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक तथा अध्यक्ष रहेका दीक्षित विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यवसायिक संघसंस्थामा सक्रिय थिए । मदन पुरस्कार गुठीबाट प्रकाशन हुने नेपाली त्रैमासिक पत्रिकाको वि. सं. ०१३ देखि सम्पादन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *