कलाकारहरुको जम्बो टोली कतार प्रस्थान

kalakar

rupkumarपौष १४ काठमाडौ , सांगीतिक कार्यक्रमको लागि कलाकारहरुको जम्बो टोली हिजो बेलुका (२८ डिसेम्बर) कतार प्रस्थान गरेका छन् । आई बोश कम्पनी कतारले सन् २०१७ को स्वागार्थ गर्न लागेको न्यू ईयर वेलकम नाइट कार्यक्रमको लागि करिब एक दर्जन नेपाली कलाकारहरु गायक रूप कुमार राईको नेतृत्वमा सो स्थान तर्फ प्रस्थान गरेका हुन् ।

कलाकारहरुको टोलीमा गायक रूप कुमार राई,निर्देशक/मोडल शंकर वीसी,लोकगायक पशुपति शर्मा,गायिका सहिमा श्रेष्ठ,कोपिला गुरुङ, मोडल रश्मी तामाङ, सुरजनी केसी, स्मृति तिमिल्सिना, हाँस्य कलाकार जितु नेपाल रहेका छन् ।गायक प्रमोद खरेल, मोडल/गायिका ज्योति मगर भने अर्को फ्लाईटमा कतार पुग्ने बताइएको छ ।

कार्यक्रम ३० डिसेम्बरको दिन एशियन टाउन सनैयामा हुदै छ ।उक्त कार्यक्रमको संयोजन गोपाल न्यौपानेले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *