इन्द्र कुमार राई (जिजीबिषा) / २०७३ बैशाख २१
अथक प्रयास पछि गर्भवति भएको पहिलो संविधान सभा गर्भमै तुहियो । दोस्रोपटकको सहवास बाट गर्भ रहेको पनि नपुंसक बच्चाको जन्म होला जस्तो छ । एक थरीकाहरु नपुंसकनै भए पनि जन्माउने सुरमा छन् तर अर्का थरिकाहरु नपुंसक बच्चा जन्माउनु भन्दा एवोर्सन गर्नु उचित मानी रहेका छन् । हाती आयो हाती आयो फुस्स होला जस्तो छ ।
म न कुनै राजनिती विशेषज्ञ न कुनै पार्टीमा आबद्ध । स्वतन्त्र मान्छेको स्वतन्त्र बिचार । हाम्रो जति सबै राम्रो , राम्रो जति सबै हाम्रो भन्ने मान्यता छैन म संग । कुविचारको आलोचना हुनु पर्छ र शुविचारको स्वागत हुनुपर्छ । अहिले देश संघियता र धर्म निरपेक्षेताको विषम परिस्थितिमा गुज्रिरहेको छ । तीन करोड नेपालीलाई सर्वमान्य संविधान त कहिले पनि हुन सक्दैन । किन कि तीन करोड नेपालिको मन तीन करोड तिरै फर्किएको छ । यसर्थ देशलाइ हित हुने प्रकारको संविधान बनाउन जरुरी देखिन्छ । यसमा मेरो आफ्नै बिचार छ । मेरो बिचार सर्वमान्य हुनु पर्छ भन्ने पनि हैन । एउटा गणतान्त्रिक सार्वभौम देशको स्वतन्त्र नागरिकको हैसियतले आफ्नो बिचार राखेको मात्र हुँ ।
संघियताको कुरा गर्नु पर्दा संघियता भनेको विकेन्द्रीकरण हो । केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीकरण गर्दा देश टुक्रिने होइन । देशको हरेक भागलाइ समुन्नत विकास गराउनलाइ यो पद्धति अपनाइएको हो । सन १७८९ मा संयुक्त राज्य अमेरिका बाट संघियताको सुरुवात भएको हो । र अहिले सम्म २५ भन्दा बढी देश अस्ट्रेलिया ,ब्राजिल ,क्यानाडा ,इथियोपिया, जर्मनी ,इन्डिया , मेक्सिको, नाइजेरिया , पाकिस्तान, स्विजरल्यान्ड , अर्जेन्टिना, अस्ट्रीया, बेल्जियम, बोस्निया, मलेशिया, माइक्रोनेशिया, कोमोरोस, रशिया, दक्षिण किटस, दक्षिण अफ्रिका, स्पेन, युनाइटेड अरब इमिरेट्स , अमेरिका र भेनेज्युयला संघियता प्रणालीमा छ ।
नेपालको सन्दर्भमा संघियता के कसरी गर्ने भन्ने नै आज सम्म नचुडिएको जुइना हो । केही नेपालीहरुमा पहिचान सहितको संघियतालाइ एकल जातिय पहिचान हो भन्ने भ्रम छ । तर यो होइन र एकल जातिय पहिचानको राज्य कदापी हुन पनि सक्दैन । किनकी नेपालमा एक जातिकाहरु मात्र बसोबास गर्ने निश्चित कुनै एरिया छैन । इतिहासमा अरु जातिहरुको राज्य थियो कि थिएन ? तर नेपालमा किराँत राज्य थिएन भनेर कसैले भन्न सक्दैनन् । नेपालमा सबै भन्दा धेरै समय राजकाज चलाउने जाती नै किराँतहरु हुन् ।
पृथ्वीनारायण शाहले पुर्बका लिम्बुवान र खम्बुवान संग सम्झौता गरेर किपट दिएको थियो । तर त्यो किपट पनि राजा महेन्द्रको पालामा खोसिएको थियो । यसैले आज आन्दोलनरत लिम्बुवान, किराँत/खम्बुवान आफ्नो खोसिएको चिजलाई फिर्ता मागेका हुन् । एकल जातिय राज्य मागेका भने हैनन् । तर इतिहासले जे जस्तो भने पनि वर्तमान संग सन्झौता गर्नै पर्ने देखिन्छ । लिम्बुवान र खम्बुवानलाइ सोही नाम दिएर भारत र चिनलाइ सिमानाले छुने गरि संघियता गर्दा भोलिको दिनमा फाइदा हुन्छ भन्ने मेरो ठम्याइ छ । तर यो कुरा धेरै अगाडि पुगि सकेकोले पुनः फर्किनु पनि निक्कै गाह्रो छ । तर आजको हिसाबले किराँत/खम्बुवान पहाडमा मात्र सिमित रहने देखिन्छ । पहाडमा मात्र सिमित हुनु भनेको विकासको हिसाबले पछि पर्नु हो । तर भारत र चीन छुने गरि बनाइयो भने भोलिको दिनमा अन्तराष्ट्रिय ब्यापार संघिय राज्यहरुले सजिलै गर्न सक्ने छन् । नत्र अरु संघिय राज्यमा निर्भर पर्नु पर्ने देखिन्छ । एक मधेश एक प्रदेश दिनु घातक हुन सक्छ । किन भने मधेशको रहन सहन , चाल -चलन, धर्म ,संस्कार अधिकांश भारत संग मिल्ने भएकोले भोलिको दिनमा यो बिस्तारै भारतमै मिल्ने शंका हुनेछ । किनकी भारतको विस्तारवादी रवैया छ । तर उतरमा चिनको यस्तो रवैया देखिएको छैन । यसैले आन्तरिक छलफल हुन जरुरी थियो पहिलानै । तर मैले माथिनै भनी सकेको छु कि यो मामिलामा धेरै अगाडि बढी सकेकोले फेरि सुरुमै फर्किनु पनि गाह्रो छ ।
अर्को एजेन्डा छ धर्म निरपेक्ष (secular ) नै रहनेकी धार्मिक ( religious ) हुने भन्ने बारेमा । सबै भन्दा पहिला यो बुझ्न जरुरी छ कि, धर्म भनेको के हो ? धर्म वास्तवमै मान्छेहरुलाइ अनुशासन भित्र राख्ने संगठन हो । कुनै पनि धर्मले नराम्रो काम गर भनेको छैन तर धर्मको नाममा मान्छेहरुले गलत काम मात्र गरिरहेका छन । धर्म र चुरोट खैनिको नशा उस्तै हुन् । जो चाहने बितिकै परिवर्तन गर्न सकिन्दैन । किन भने मान्छेको दिमाग जुन प्रकारको वातावरणमा हुर्कियो त्यही अनुसारको हुन्छ । मान्छेको दिमाग जन्मिदा खालि हुन्छ । जस्तो कि नयाँ मेमोरी कार्ड जस्तो । नयाँ मेमोरी कार्ड किनेर ल्याए पछि , जे -जे, गीत भिडियो लगाउदै गयो त्यही नै सेभ हुँदै जान्छ र पछि चाहिएको बेला रिप्ले गर्न सकिन्छ । यस्तै हामी मान्छेको खाली दिमाग पनि जति -जति , जे-जे कुरा सुन्दै जान्छौ, देख्दै जान्छौ त्यही त्यही कुरा माइन्डमा सेभ हुँदै जान्छ र त्यही सेभ भएको कुरा नै पछि बाराम्बार अगाडि आइ रहन्छ । जस्तै, हामी सानो हुदा हाम्रो बाबू आमाले भन्नू हुन्थ्यो बाबु आध्यारोमा नजानु है हाउगुजिले खान्छ भन्नू हुन्थ्यो र डरले त्यता गइन्दैन पनि थियो । तर आज ठूलो भए पछि थाहा भयो हाउगुजी त नहुदो रहेछ भन्ने । र पनि आज एक्लै राती एकान्त अध्यारोमा पुगियो भने आंग सिरिङ भएर डर लाग्छ । वास्तबिता यहि हो ।
हिन्दु संस्कारमा हुर्कियो भने उसले सबै हिन्दुनै देख्छ र क्रीस्चियन समुदाय वा मुस्लिम समुदायमा हुर्किएकोले त्यही मात्र संसार देख्छ । तर आज विश्वको अधिकांश मुलुक धर्म निरपेक्ष छ । धर्म निरपेक्ष भनेको निर्दलिय पञ्चायती ब्यबस्था र बहुदलीय व्यवस्था जस्तै हो । धर्म निरपेक्ष भित्र जनताको धार्मिक स्वतन्त्रता हुन्छ । सबै धर्मलाइ सम्मान गरिन्छ । तर धार्मिक राष्ट्रमा एक धर्म प्रधान हुन्छ ।
आज विश्वमा क्यानडा, होन्डुरस,मेक्सिको,अमेरिका,दक्षिण अमेरिका , ब्राजिल, चिली, कोलोम्बिया, इक्युडोर,पेरु, उरुग्वे,भेनेज्युएला,अंगोला,वेनिन,बुर्किना, बोटसवाना, बुरुणडी ,क्यामरुन, फासो, कंगो,इथियोपिया, ग्याबोन, गाम्बिया ,गुइनी, लाइबेरिया, मति, नामिबिया, सेनेगल, रुवान्डा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अल्बानिया, बेलारुश, वेल्जियम, बोस्निया, बुल्गेरिया, क्रोसिया, एस्ट्रोनिया, फ्रान्स , हंगेरी, आएर ल्यान्ड, इटाली, लाटभिया, मेसिडोनिया, नेदर ल्यान्ड, पोल्यान्ड, पोर्चुगल, रोमानिया, रशिया, सर्बिया, स्लोभाकिया, स्पेन, स्विडेन , ट्रकी, युक्रेन, अजर बैजान, चीन, पुर्बी टिमोर, गोर्जिय, भारत, जापान , काजाखास्तान, किर्गिस्तान, लाओस, लेवनान, दक्षिण कोरिया, उतर कोरिया, फिलिपिन , सिंगापुर , सेरिया, ताइवान,ताजिकिस्तान, टर्की , तुर्किमिन्स्तान, भियतनान, अस्ट्रेलिया , माइक्रोनेशिया, न्युजिल्यान्ड छन । जर्मनी, म्यान्मार, अर्जेन्टिना, फिनल्यान्ड , थाइल्यान्ड , स्विजरल्यान्ड, पनि धर्म निरपेक्ष राष्ट्र हो ।
धार्मिक ( religious ) धार्मिक राष्ट्र कुन-कुन हुन् त ? त्यो पनि हेरौ । अफगानिस्तान , अल्जेरिया, अलास्का, अर्जेन्टिना , बहराइन , बंगलादेश, भुटान, ब्रुनाइ, कम्बोडिया , कमोरोस, कोस्टारिका, डेनमार्क, इजिप्ट , इङ्ल्यान्ड, गोर्जिअ , ग्रीस, आइस ल्यान्ड, इरान, इराक, इजरायल, जोर्डन, कुवेत, लिबिया, मलेशिया, इन्डोनेशिया , माल्दिभस, माल्टा, मौरिसनिया, मोनाको, मोरोक्को, नर्वे, ओमन, पाकिस्तान, कतार, साउदी अरेबिया, सोमालिया, श्रीलंका, टुनिशिया, युनाइटेड अरब इमिरेट , भ्याटिकन सिटि र यमन छन् ।
केही समय धर्म निरपेक्ष भएर धार्मिक राष्ट्र भएका देशहरु पनि छन् । बंगला देश सन 1971 देखि 1977 सम्म धर्म निरपेक्ष रहेको थियो । इरान पनि सन 1925 देखि 1979 सम्म धर्म निरपेक्ष रहेको देखिन्छ । मेडागास्कार सन 1960 देखि 2007 सम्म धर्म निरपेक्ष थियो । र इराक पनि सन 1932 देखि 1968 सम्म धर्म निरपेक्ष रहेको देखिन्छ ।
निष्कर्षमा
यसरी हेर्दा आज हरेक मान्छेहरु स्वतन्त्र चाहन्छन् । पहिचान सहितको संघियता र धर्म निरपेक्षतानै मानिसको स्वतन्त्रता हो ।
( नोट – सन् २०१४ डिसेम्बर २१ मा लेखिएको लेख भएकोले केहि शब्दहरु वर्तमान स्थिति संग सान्दर्भिक नहुन सक्छ )