अनावस्यक रुपमा किन फसाउदै छन् खड्कालाई

काठमाडौ २, भदौ- नेपाल आयल निगमले नेपाल सरकारको नीति बमोजिम पेट्रोलियम पदार्थको भण्डारण केन्द्रहरु निर्माण गर्न लाग्दा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई अनावस्यक रुपमा फसाउन खोजिएको छ ।

नेपाल आयल निगमले अन्य देशहरुमा जस्तै करिव ९० दिनको खपत धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण केन्द्रहरु निर्माण गर्नको लागि खरिद गरिएको जग्गा निगमको आर्थिक प्रशासन तथा खरिद सम्बन्धि विनियमावाली २०६४ संसोधन सहित जग्गा खरिद गर्न निगम संचालक समितिको पुर्व स्वीकृति लिई जग्गा खरिद प्रक्रिया अगाडि बढाईएको हो । व्यावस्थापिका संसद उद्योग बाणिज्य तथा उपभोक्ता हित समितिले पनि प्रादेशिक संरचना वमोजिम ९० दिनको भण्डारण क्षमता विकास गर्ने गरि कार्य गर्न निगमलाई पटक-पटक निर्देशन समेत दिएको थियो । विगतको जस्तो तराई आन्दोलन, नाकाबन्दी, समय -समयमा विभिन बन्द हडताल चक्काजाम प्राकृतिक प्रकोप आदि दिनहरुमा पेट्रोलियम पदार्थहरुको पटक -पटक चरम संकट एवं हाहाकार हुने कुरालाई ध्यानमा राखी प्रत्यक प्रदेशमा उपयुक्त क्षेत्र पहिल्याउने बारे विभिन्न तहमा परामर्श गरेपछि सो बारे मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी दिई निगमले नयाँ भण्डारण बनाउने लोकेशनहरुको विवरण तयार पारेको थियो ।

ठूलो जग्गामा एकतिहाई हरियाली तथा बोटविरुवा रोप्नुपर्ने तथा पानीको पर्याप्ततालाई ध्यानमा राखी जग्गा छनौट गरिएको थियो । सुरक्षित तथा अवरोध रहित तवर बाट पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरण गर्न निगमले मूल बाटोमै सटेको वा मूल बाटो लिई बाटोमा पर्खाल लगाई कार्य गर्न मिल्ने जग्गालाई प्राथमिकतामा राखी छनौट गरिएको थियो ।

निगमद्वारा प्राप्त गरिएको प्रस्तावित जग्गाको चलन चल्ती मूल्य सम्बधित स्थानिय निकायबाट लिखित जानकारी लिई कार्य अगाडि बढाएको थियो ।

निगमले जग्गा खरिद विज्ञ तथा कानुनि परामर्शको राय लिई जग्गा खरिदकार्य अगाडी बढाएको थियो । सबै प्रक्रिया पुर्याएर काम गर्दापनि खड्कालाई फसाउन केहि व्यक्तीहरु लागि परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *