यसकारण धमिलो पानि परेको हो

असार, काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको पानी देशका अधिकांश भागमा परेको पानी धमिलो थियो ।

मौसमविद सुभास रिमालका अनुसार यस्तो वर्षात वायु प्रदुषणका कारण हुन्छ । भारतका बिभिन्न भागमा केही दिनयता ठूलो हावाहुरी आएको थियो । सो हावाहुरीले राजस्थानको मरुभूमीको बालुवा उडायो । र, धूलोका कणहरु वायुमण्डलमा फैलिएर नेपालको आकाशसम्म आइपुग्यो । राति पानी परेपछि हावामा रहेको धूलो पनि पानीसँगै खस्यो । जसले पानीलाई धमिलो बनायो ।

यस्तो वर्षा नेपालको पूर्वी क्षेत्रमा बढी भएको छ । अझै पनि नेपाली आकाशमा यस्तो धुलोको कण जम्मा भएर बसेकाले सामान्य वर्षा हुने क्षेत्रमा हिलो मिसिएको पानी देख्न सकिने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *