राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना

काठमाडौं जेठ, ७ – राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् ।९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । तर, छोरा राजीव घिमिरेका अनुसार राष्ट्रकविको आन्तरिक रक्तश्राव रोकिएको छैन।

उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।

‘अहिलेसम्म चार प्वाइन्ट रगत दिइएको छ । तर, अझै आन्तरिक रत्तश्राव रोकिएको छैन,’ घिमिरेले अनलाइनखबरसँग भने ।

उनका अनुसार चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *